Section 23
परिषद्को गठन
(१) फोहरमैला व्यवस्थापनका सम्बन्धमा अवलम्बन गर्नु पर्ने नीति निर्धारणको लागि एक फोहरमैला व्यवस्थापन परिषद् गठन गरिएको छ ।
(२) उपदफा (१) बमोजिमको परिषद्मा देहायका सदस्यहरु रहनेछन्ः–
(क) मन्त्री, स्थानीय विकास मन्त्रालय   – अध्यक्ष
(ख) सचिव, भौतिक योजना तथा निर्माण मन्त्रालय  – सदस्य
(ग) सचिव, उद्योग मन्त्रालय   – सदस्य
(घ) सचिव, वातावरण मन्त्रालय   – सदस्य
(ङ) सचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय   – सदस्य
(च) सचिव, स्थानीय विकास मन्त्रालय   – सदस्य
(छ) सचिव, राष्ट्रिय योजना आयोगको सचिवालय  – सदस्य
(ज) प्रमुख, काठमाडौं महानगरपालिका   – सदस्य
(झ) नगरपालिका प्रमुखहरुमध्येबाट पा“च विकास क्षेत्रको 
प्रतिनिधित्व हुने गरी परिषद्ले मनोनयन गरेका पा“चजना – सदस्य
(ञ) स्थानीय तहस“ग सम्बन्धित संघ वा महासंघका 
 पदाधिकारीहरुमध्येबाट कम्तीमा तीनजना महिला 
सहित नेपाल सरकारले मनोनयन गरेका पा“चजना    – सदस्य
(ट) नेपाल सरकारले फोहरमैला अति प्रभावित क्षेत्र भनी 
तोकेको क्षेत्रबाट परिषद्ले मनोनयन गरेका कम्तीमा 
एकजना महिला सहित दुईजना   – सदस्य
(ठ) प्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासंघ   – सदस्य
(ड) फोहरमैला व्यवस्थापन सम्बन्धी विशेषज्ञ तथा 
वैज्ञानिकहरुमध्येबाट कम्तीमा एकजना महिला 
सहित परिषद्ले मनोनयन गरेका दुईजना   – सदस्य
(ढ) फोहरमैला व्यवस्थापनको क्षेत्रमा कार्यरत सामुदायिक
संस्थाहरुमध्येबाट परिषद्ले मनोनयन गरेको संस्थाको 
प्रतिनिधि एकजना   – सदस्य
(ण) मन्त्रालयले तोकेको“ सहसचिव -सदस्य सचिव”

(३) उपदफा (२) को खण्ड (ड) बमोजिम परिषद्मा मनोनीत सदस्यको पदावधि चार वर्षको हुनेछ र निजको पुन मनोनयन हुन सक्नेछ । 
(४) उपदफा (२) को खण्ड (झ), (ट) र (ढ) बमोजिम मनोनीत सदस्यको पदावधी एक वर्षको हुनेछ र पुन मनोनयन हुन सक्ने छैन ।
(५) ……………..